गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

हिमशिखर संवाददाता २३ भाद्र २०८२, सोमबार २१:१३

गृहमन्त्री रमेश लेखकले आज सोमबार मन्त्रिपरिषद् बैठकमै उपस्थित भएर आफ्नो पदबाट राजीनामा दिएका छन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार लेखकले “अपुरणीय क्षतिको अनुमान गर्न पनि नसकिने ठूलो घटना भएको” भन्दै अहिलेसम्म काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका थिए।

आजै काठमाडौंमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपमा कम्तीमा १९ जनाको मृत्यु भएपछि लेखकको राजीनामाको माग चर्किएको थियो।

“यो ठूलो घटना भयो, मैले नैतिकताका आधारमा जिम्मेवारी लिँदै मन्त्री पदबाट पछि हट्ने निर्णय गरेको छु। हालसम्म दिएको सहयोगका लागि प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन्छु,” मन्त्री लेखकको भनाइ उद्धृत गर्दै एक मन्त्रीले बताए

Next Post

सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ: सञ्चार मन्त्री गुरूङ

२३ भाद्र २०८२, सोमबार २१:१३
सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले  जेन-जीको मागअनुसार सामाजिक सञ्जाल छिट्टै खुल्नेछ जानकारी दिए उनले भने, “सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने […]