जुम्लाकाे पातरखोलामा सोलारको तार सर्ट भएर एक घरमा आगलागी

महेश चाैलागाँई ७ मंसिर २०८१, शनिबार १७:४४

जुम्ला जिल्लाको हिमा गाउँपालिका–६ पातरखोला गाउँमा एक घरमा सोलारको तार सर्ट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ।
घरका सबै सदस्यहरू बाहिर काममा गएको समयमा सोलारको तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

आगलागीबाट पुर्ण रूपमा नष्ट भएकाे घर

आगलागीका कारण घरमा भएको चालीस हजार नगद, लत्ताकपडा, अन्न, र भण्डारण गरिएको सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ।
साथै, आगोमा २ तोला सुनसमेत जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक डेनी थापाले बताए। उनका अनुसार आगलागीले पीडित परिवारलाई ठूलो आर्थिक नोक्सानी भएको छ।

“घटना आज दिउँसो करिब २:३० बजे भएको हो,” उनले भने, “उक्त गृहिणी तारा शाही घटनापछि बेहोस अवस्थामा फेला परेकी छिन्।”
उनलाई तत्काल स्वास्थ्य परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।

हालसम्म उनको स्वास्थ्य अवस्था र अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि स्थानीय तहले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन पहल गरिरहेको छ।

Next Post

रास्वपा सभापति लामिछानेलाई भोलि काठमाडौँ ल्याइने

७ मंसिर २०८१, शनिबार १७:४४
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेकाे आरोपमा लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएकाे हाे। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा […]