स्व. दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार रावतललाई

महेश चाैलागाँई १३ कार्तिक २०८०, सोमबार २०:४१

पत्रकार विजय रावतलाई स्व.दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

कार्तिक १३ गते बसेको स्व.दिपबहादुर स्मृति छनोट समितिको बैठकले यस वर्षको पुरस्कार रावतलाई प्रदान गर्ने निर्णय गरेको हो।

पत्रकार रावत विकट कर्णालीको जुम्लामा रहि  सक्रिय पत्रकारिता गर्दै आएका छन्। उनी राष्ट्रिय समाचार समिति (रासस) र हिमालयन टाईम्समा कार्यरत छन्।

पुरस्कारको राशी १० हजार रहको छ। उनलाई कार्तिक १५ गते एक समारोहबीच पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए।

पत्रकार रावत यसै वर्ष  प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।

हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने स्व। दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अघिल्लो वर्ष पत्रकार सागर परियारलाई प्रदान गएको थियो।

Next Post

स्व.दिपबहादुर स्मृति पुरस्कार रासस कर्मी रावतलाई

१३ कार्तिक २०८०, सोमबार २०:४१
स्वर्गिय दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार विजय रावतलाई प्रदान गरिएकाेछ ।                         राससमा कार्यरत  पत्रकार रावतलाई रू १० हजारकाे चेक एक कार्यकममा विच वितरण गरिएकाेछ । ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई, ताताेपानी गाउँपालिका वडा नं ६ अध्पयक्ष विशाल खड्का […]