सक्किगो नि’का कलाकार आचार्यसहित ११ जना जुतावास खेल्दै गर्दा पक्राउ

हिमशिखर संवाददाता २७ श्रावण २०८१, आईतवार १५:५९

जुवातास खेलिरहेको अवस्थामा चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’का कलाकार पुरुषोत्तम शर्मासहित ११ जना पक्राउ परेका छन् । उनले यो टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

पक्राउ पर्नेहरुमा शर्मासहित बुद्धिकुमार राजभण्डारी, उत्तमप्रसाद राई, वीरबहादुर राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव बिरामी रहेको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका-१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

Next Post

कनकासुन्दरी -८ बाट स्वतन्त्र निर्वाचित वडाअध्यक्ष कामी नेकपा (माओवादी केन्द्र)मा प्रवेश

२७ श्रावण २०८१, आईतवार १५:५९
जिल्लाकाे कनकासुन्दरी -८ बाट स्वतन्त्र निर्वाचित वडाअध्यक्ष धनबहादुर कामी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वडाअध्यक्ष कामीलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड’ले स्वागत गरेका हुन् । उक्त समाराेहमा जुम्लाका नेता कार्यकर्ता सहभागी थिए । कामी जुम्ला जिल्लामै स्वतन्त्र रूपमा निर्वाचित हुने एकमात्र दलित जनप्रतिनिधि हुन् । […]

सम्बन्धित समाचार