किर्डाक नेपालद्वारा झण्डै ३५ लाखकाे राहात वितरण

रबि नेपाली २ श्रावण २०७८, शनिबार १८:४५

किर्डाक नेपालद्वारा जुम्ला जिल्लाका १ हजार ६१ जनालाई राहात वितरण गरिएको छ ।

वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत जुम्लाकाे चन्दननाथ,पातारासी, गुठीचौर, तातोपानी र तिलाका १ हजार ६१ घरधुरीलाई ३४ लाख ८८ हजार ५ सय ६८ मुल्यकाे (खाद्यान्न) राहात वितरण राहत वितरण गरिएकाे हाे ।

सामाजिक दुरि कायम गरेर राहत लिदै स्थानीय फाेटाे हिमशिखर अनलाईन

वितरण गरिएकाे राहत प्याकेजमा ३० केजि सोना मन्सुली चामल, ३ केजि दाल, २ केजि चिनी, २ लिटर तेल, २ केजि नुन र ४ वटा साबुन रहेकाे छ ।उक्त राहत अन्तरगत प्रतिव्यक्ती ३२८८ हुनआउँछ ।

राहत वितरण कार्यक्रम समारोह फाेटाे हिमशिखर अनलाइन

किर्डाक नेपालले कभर II आयाेजना अन्तरगत अघिल्लो पटक ४ सय २० र याेपटक ६ सय ४१ गरि जम्मा १ हजार ६१ जनालाई खाद्यान्न वितरण गरेकाे किर्डाक नेपाल जुम्लाका फिल्ड प्राेग्राम म्यानेजर भेष बहादुर रावलले जानकारी दिए ।

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिदै

२ श्रावण २०७८, शनिबार १८:४५
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेको संसद सचिवालयले जनाएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले […]

सम्बन्धित समाचार