देशमा जनआन्दोलन पछि शान्ति हुदाँ पनि कतिपय ठाउँमा प्रहरी देखि खुलेर बोलेको देखिदैन् । अझै कतिय ठाउँमा प्रहरी देख्दा पनि डारउने गरेको देखिन्छ । तर जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कायरत एक प्रहरी जवान खगेन्द्र लम्साल बिल्कुल अन्य प्रहरी कर्मचारी भन्दा फरक स्वभाबका रहेका छन् । उनले कार्यालयमा बिभिन्न कारणले आएका नागरिक सँग एक साथित्व र अभिभावकको भुमिका निर्वाह गरेर सेवा दिने गरेका छन् । लम्सालको जन्म दैलेख जिल्लाको भगवतिमाई गाउँ पालिका वडा नं. ५ कट्टि भन्ने गाउँमा बि.सं २०५५ साल बैशाख १९ गते भएको थियो । कलिलो उमेरमा प्रहरी जवानमा भत्ति भएका लम्साल नागरिक सँग घुलमिल गरेर जनताको सेवागरि आफ्नो ब्यबसाय रहेका छ । उनको परिवारमा अहिले ६ जना सदस्यहरु हुनुहुन्छ । कान्छो छोराको रुपमा जन्म लिएका उनले कुनै पनि समस्या र अभावमा दिनहरु बिताउनु परेन् । उनको बुवा सरकारी बिद्यालयका शिक्षक भएकाले उनलाई कुनै कुरा काे अभाव कमजोर नभएर दिन बिताउनुभयो । उनी आफ्नो जन्म घर दैलेख भए पनि हाल बसोवास बिरेन्द्रनगर नगरपालिका १० सुर्खेतमा बसोबास गर्दै आईरहेको र उहाँको अध्ययन पनि सुर्खेतमै भएको थियाे । २०५८ सालतिर शसस्त्र द्धन्द्धका समयमा दैलेखबाट हिड्दै सुर्खत गएको र सबै परिवार हिडेर खुर्खेत पुगेको नमिठो अतित सुनाए । सुर्खेत मा पुगे पछि कोठा भाडामा बसेका थिए र हजुरआमाको निधन भएपछि सुर्खेतमै कान्छा बाजेको घरमा हजुरआमाको क्रिया गर्दै वुवाले सुर्खेत मै घर बनाउन सुरु गर्नु भयो र त्यस समयमा विभिन्न अभाबहरु झेल्नुपर्यो । आफ्ना जिवनमा घटेका घटनालाई केहि सहज बनाउनको लागि धेरै संघर्ष गर्नुपरेको नमिठो दुःख सुनाए । पछि शान्ति काल सुरु भयपछि बुबा आफनो जागिरमा फर्कनु भयो त्यसपछि हामी सबै परिवारलाई हरेक काममा सहजता भयो उनी नेपाल प्रहरिमा भर्ति हुनुभन्दा अगाडि बिद्यालयमा पढाउने काम देखि लिएर,बलअधिकारकर्मि, सामाजिक काम संचालन,बालमैत्रि स्थानीय शासन बनाउन पहल,बालबालिकाका क्षेत्रमा काम, पत्रकारीता, लगाएतका काम गरेको सुनाए । उनी विगत ५ वर्ष देखि नेपाल प्रहरीमा रहि आफनो काम कर्तव्यलाई र जिम्मेवारीलाई ईमान्दार,अनुशासित र कर्तव्यनिष्ठ भएर निभाईरहेका छन । उनी आफनो शाखा आउने सेवाग्राहीलाई कुशल व्यबहार गरि पिडितलाई सम्झाई बुझाई गरि वास्तविक पिडितलाई न्याय दिलाउन महत्वपूर्ण भुमिका निरभाह गर्छन लम्साल पुर्व बालअधिकारकर्मि भएकाले र महिला बालाालिकाको क्षेत्रमा काम गरेको अनुभव भएका कारणले पनि होला सायद कार्यालयमा सेवा लिन आउने सेवाग्राही सग सधै नम्र भई शिष्ट व्यवहार गर्न गर्दछन, नेपाल प्रहरिमा सेवा सुबिधा कम भएपनि सधै मुस्कान सहितको सेवा दिने लम्साल कहिलेकाहि आफनो जिम्मेवारी पूरा गर्दा गर्दै घरपरिवार सग सम्पर्क गर्न नसकेको बताउन्छन । नराम्रो सेवा सुविधा बाबजुत पनि दिनरात जनताको सेवामा रहेर काम गरदा पनि यस संगठनमा काम गर्न पाएकोमा लम्सालले आफुलाई भागेमानि ठान्छन। भोक, प्यास, निद्रा, डर अनि परिवारप्रतिको जिम्मेवारी अरु त अरु शौचालय जाने फुर्सदसमेत हुदैन कहिलेकाहीँ । यो पबित्र संगठन मैले नै रोजेको हो । तलबको लागि मात्र म यो बाटो हिँडेको पनि होइन । देशको लागि केही गर्छु भन्ने अभिलाषाका साथ हिँडेको एउटा युवक हुँ म । हुन त अरु पनि छन् उनी सरहका कर्मचारी, जसले आफ्नो कर्तव्य र खाएको सपतलाई बिर्सेरका हुन्छन ।
चौबिसै घन्टा खटिरहँदा पनि सुविधा केही हुदैन । परिवार कसरी चलाउने ? एक्लो जीवन जिउनका लागि त तलब पर्याप्त हुदैन भने एउटा परिवार नै चलाउन कसरी पुग्छ हाेला ? हप्ता वा महिना त कुरै छोडौँ, चाडपर्वमा समेत छुट्टी मिल्दैन । यो कस्तो सेवा हो ? चाडपर्वमा आफ्नो परिवार साथीसंगीसँगै बसेर मिठोमसिनो खाएर रमाइलो गर्ने रहर आखिर कसलाई नहोला र ? के प्रहरिको व्यक्तिगत जीवन छैन हाेला र ? के प्रहरिलाई पनि आफ्नो परिवार र आफन्तहरुसँग खुसी साट्ने अधिकार हुदैन ? तर पनि आफना ईच्छा आकाङ्क्षाहरु लुकाएर दिन रात घाम पानी भोक नभनि दिनरात जन्ताको सेवा गरिरहेका हुन्छन् । जुन जनताको लागि भनेर दिनरात नभनी खटिरहेका हुन्छन । एउटा लाठि काे भरमा रात कटाउनुको पीडा भाेगिरहेका हुन्छन ।याे पेसा भनेकै राम्रो काम गर्दा पनि गालि खाने पेशा हाे।,नेपाल प्रहरिलाई धेरै जनाले राम्रो मान्दैन्न तर पनि प्रहरी नै चाहिन्छ यस्तै यस्तै मसँग आत्मरक्षाका लागि एउटा सिठ्ठी हुन्छ मध्यरातको १२ बजे अनि द्वन्द्वग्रस्त क्षेत्रको माहोललाई कम गर्न र प्रतिरक्षाका निम्ति अश्रुग्यास र लाठीचार्ज गर्न बाध्य हुन्छन प्रहरी हरू। जसको सुरक्षात प्रहरी दिन रात खटिरहेका हुन्छन उसैमाथि आक्रमण गर्ने के रहर थियो होला र ? तर हामीलाई ‘प्रहरी दमन’को पगरी भिराइन्छ । हाम्रो कथामा जवाफ कस्को होला ? लम्साल ले जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा मुस्कान सहिकाे सेबा दिईरहेका छन ।