स्वास्थ्य मन्त्रालयकाे निर्णय प्रति प्रतिष्ठाका कर्मचारीहरूकाे असन्तुष्टि

महेश चाैलागाँई २४ कार्तिक २०७८, बुधबार २०:३२

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णयकाे बिरूद्व प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरू बिराेध जनाएका छन ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै हुर्कदै र बढ्दै गएको प्रतिष्ठानलाई सहयोग गर्नुपर्नेमा विभिन्न व्यक्तिहरुको स्वार्थका लागि राजनितिक दाउपेचमा पदाधिकारी बिहिन बनाउन दुखत भएकाे बताइएकाे छ ।

डा.बिजय अर्याल, कर्मेद्र न्याैपाने सुनिता थापा र दिनेश बास्ताेलाद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ संचार माध्यममा समाचार लेखेकै भरमा स्वाथ्य मन्त्रालयले प्रतिष्ठानको भविष्य माथि नै खेलबाड गरेकाेले उक्त कार्यकाे सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु घोर भत्सना गर्दछौ।
विज्ञप्तिमा प्रतिष्ठानमा भएकाे हस्तक्षेप तत्काल बन्द नगरेका संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएकाे छ ।

प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए।

Next Post

राष्ट्रिय जनगणनाको १२औँ शृंखला आजबाट शुरू हुदै

२४ कार्तिक २०७८, बुधबार २०:३२
मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणनाको १२औँ शृंखला आजबाट सुरु हुँदै छ। आज बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । गणकलाई तालिम दिएर प्रश्नावलीसहित फिल्डमा खटाइएको छ । उनीहरूले […]