राष्ट्रिय जनगणनाको १२औँ शृंखला आजबाट शुरू हुदै

हिमशिखर संवाददाता २५ कार्तिक २०७८, बिहीबार ०७:३८

मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणनाको १२औँ शृंखला आजबाट सुरु हुँदै छ।

आज बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

गणकलाई तालिम दिएर प्रश्नावलीसहित फिल्डमा खटाइएको छ । उनीहरूले घर–घरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन् । जनगणनाका क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न सोधिने तथ्यांक विभागले जनाएको छ ।

‘यसपटकको जनगणनाका क्रममा विगतमा सोधिने प्रश्नमा केही थप गरेका छौँ,’ महानिर्देशक श्रेष्ठले भने, ‘यसपटक प्राकृतिक क्षति, विपत् जोखिम, जन्मदर्ताको विवरण, पुर्खाका भाषाशैली, बैंक तथा वित्तीय संस्थामा खाता भए–नभएकोलगायत धेरैथरीका तथ्यांक संकलन हुन्छ ।’

जनगणना १५ दिनसम्म चलेर ९ मंसिरमा सम्पन्न हुनेछ । ०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागको भनाइ छ ।

Next Post

मुगुमा फेलापर्याे मृत्तअवस्थामा युवतीको लास

२५ कार्तिक २०७८, बिहीबार ०७:३८
मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका– ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् । घरभन्दा करिव ५ सय मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । घरबाट हराएको […]

सम्बन्धित समाचार