तीनकुने घटनामा दुर्गा प्रसाईंलाई थुनामा पठाउन अदालतको आदेश

हिमशिखर सम्वाददाता काठमाण्डौ ३१ जेष्ठ २०८२, शुक्रबार ०७:०८

जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई थुनामा पठाउन आदेश दिएको छ । गत वर्षको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उक्त घटनाको थुनछेक बहस सकिएसँगै बिहीबार जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले उक्त आदेश दिएका हुन् । उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो । त्यसमध्ये प्रसाईंलगायत ३९ जना प्रहरी हिरासतमा थिए ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो ।

Next Post

कर्णाली राजमार्ग अन्तरगत नाग्म-खलंगा सडक खण्ड बन्द

३१ जेष्ठ २०८२, शुक्रबार ०७:०८
कर्णाली राजमार्ग अन्तरगत नाग्म-खलंगा सडक खण्ड तातोपानी गाउँपालिका स्थित राँका गाउँ नजिक सुक्खा पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएकाे छ । सडकमा ठुला ढुंगा र माटाे सहितकाे सुक्खा पहिराे खस्दा सडक पूर्ण रुपमा बन्द भएकाे छ । जसकारण दुबै तर्फका सवारी जाममा परेका छन् । पहिराे पन्छाउन मेसिन सहित आबश्यक […]