जुम्लामा सत्ता गठबन्धन दलहरू बिच सहमति जुटेन मित्रवत प्रतिस्पर्धामा जाने

हिमशिखर संवाददाता ११ बैशाख २०७९, आईतवार १७:३७

जुम्लामा सत्ता गठबन्धन दलबीच तालमेलका लागि गरिएको अन्तिम कसरत असफल भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानीय तहमा प्रमुख जितेको थियो ।

माओवादी केन्द्रले ३ र नेकपा एमालेले एक स्थानीय तहमा प्रमुख जितेको थियो ।तर जुम्लामा एकीकृत समाजवादीले आफूले दुई स्थानीय तहको प्रमुख पाउनुपर्ने अडान राखेको थियो ।

कांग्रेस र माओवादी केन्द्रले दुई स्थानीय तह दिन नसकिने अडान राखेपछि गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।सत्ता गठबन्धन दल अब एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको बैठकमा भागबन्डा नमिल्दा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्लामा भागबन्डा मिल्न नसकेपछि प्रदेशबाट भागबन्डा मिलाएर परिपत्र आएको थियो ।

जसमा कांग्रेसले ४, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले एक पालिकाका पाउने उल्लेख थियो । एकीकृत समाजवादीले असहमति जनाएपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको उनले बताए ।

Next Post

माओवादी केन्द्र का वडा कमिटि अध्यक्षले नै दिए स्वतन्त्र उमेदवारी

११ बैशाख २०७९, आईतवार १७:३७
सुर्खेतकाे लेकवेशी नगरपालिका वडा नं ३ काे माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तिलक प्रसाद पाण्डेले स्वतन्त्र उमेदवारी दिएकाछन । पाटीले टिकट दिदा अनियमितता गरेर आफुलाई नदिएकाे भन्दै वडा कमिटी अध्यक्षले पाण्डेले स्वतन्त्र उमेदवारी दिएका हुन ।उनकाे प्यानलमा वडा सदस्यहरू क्रमस निरमाया कामी , गंगाबहादुर लुगंलुगे, सरिता ऐडी र ललिता तिवारी […]