प्रधानमन्त्री नआउने,प्रतिष्ठानकाे दिक्षान्त समाराेह र शैक्षिक भवन उद्घाटन स्थगित

महेश चाैलागाँई २२ भाद्र २०८१, आईतवार ०७:१७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलाे पटक आयाेजना गरेकाे दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । सबै तयारी पूरा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएपछि दिक्षान्त समाराेह तथा शैक्षिक भवन उद्घाटन लगायतका कार्यक्रम स्थगित भएकाे हाे ।

प्रतिष्ठानकाे रजिष्टारकाे कार्यालयले सूचना जारी गर्दै विशेष प्राविधिक कारण भाद्र २३ गतेका लागि आयोजना गरेको दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिक कारणवस स्थगित गरिएको जानकारी दिएकाे छ ।

उक्त सूचनाका अनुसार आगामी कात्तिक २८ गते बुधवारका दिन दिक्षान्त समाराेह तथा भवन उद्घाटनकाे कार्यक्रम हुने छ । केकति कारणले पूर्व निर्धारित भईसकेकाे कार्यक्रम स्थगित भएकाे भन्नेबारे खुलाईएकाे छैन् । यपदी कार्यक्रम स्थगित भएपछि सर्वसाधारणहरुमा परेकाे असुविधा प्रति भने प्रतिष्ठानले क्षचा मागेकाे छ ।

तथापि पूर्व सूचना अनुरुपको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्राप्त ईएमआर सिस्टम हस्तान्तरण कार्यक्रम संचालन हुने भएकाे छ ।

Next Post

गुठिचौरमा आजदेखि प्याराग्लाइडिङ महोत्सव

२२ भाद्र २०८१, आईतवार ०७:१७
जुम्लाको गुठिचौर गाउँपालिकाले मंगलबार(आजदेखि) प्याराग्लाइडिङ महोत्सव गर्ने भएको छ। भदौ २५ देखि ३० गतेसम्म गुठिचरमा प्याराग्लाइडिङ महोत्सव हुन लागेको हो। जुम्लाको निकै सुन्दर र आकर्षक पर्यटकीय क्षेत्रमा रुपमा चिनिएको गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरेर साहसिक पर्यटकीय सम्भावनायुक्त क्षेत्र भनेर विश्वभर चिनाउने कोसिस गरिएको अध्यक्ष दानबहादुर बुढाले बताए। ‘जुम्लादेखि डोल्पाको से-फोक्सुण्डो […]