सन्तोष परियारले छोडे रास्वपा

हिमशिखर सम्वाददाता काठमाण्डौ २८ कार्तिक २०८२, शुक्रबार १५:१५

उनले आजै कार्यबाहक सभापति डिपी अर्याल र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्।

परियार रास्वपाका तर्फबाट तत्कालीन प्रतिनिधिसभामा प्रमुख सचेतक पनि थिए।

जेनजी आन्दोलनलगत्तै पार्टीका नेता सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्।

यो सँगै रास्वपा परित्याग गर्ने तयारीमा धेरै नेताहरू रहेको स्रोत बताउँछ। यसअघि रास्वपा नेता तोसिमा कार्की, निशा डाँगी, गणेश कार्की तथा पुकार बमलगायतले पनि रास्वपा छोड्ने तयारी रहेको समाचारहरू बाहिरिएका थिए।

Next Post

रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा

२८ कार्तिक २०८२, शुक्रबार १५:१५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् । नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेका परियार र शर्माबीच अहिले छलफल भइरहेको छ । ‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबीच छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।