जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री १४ महिनापछि हिरासतमुक्त

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार १६:२२

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती करिब १४ महिनाको हिरासतपछिरिहा भएकी छिन्।

जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार राति रिहा गरेको हो। गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्य बनाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो।

उनलाई जनसुरक्षा अधिनियम अन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो।  रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन्।

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैर संवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन्।

उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन्।

जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो। हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ।

मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो। उनीहरु यसअघि नै रिहा भइसकेका छन्।

Next Post

नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन इयु संग गृहमन्त्री बादलको आग्रह

२८ आश्विन २०७७, बुधबार १६:२२
काठमाडौं :गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका लागि युरोपेली  संघ (इयु)का राजदूत नोना देप्रेजलाई नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै मन्त्री थापाले नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन राजदूत देप्रेजसँग आग्रह गरेको गृहनमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी […]

सम्बन्धित समाचार