नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन इयु संग गृहमन्त्री बादलको आग्रह

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार १६:४१

काठमाडौं :गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका लागि युरोपेली  संघ (इयु)का राजदूत नोना देप्रेजलाई नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै मन्त्री थापाले नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन राजदूत देप्रेजसँग आग्रह गरेको गृहनमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

गृह मन्त्रालयमा राजदूत नोना संगको भएको शिष्टाचार भेटमा गृहमन्त्री थापाले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। थापाले उनको कार्यकालमा नेपाल(इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्‍वास व्यक्त गरेका छन्। नेपाल र इयुका राष्ट्रहरुबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटघाटका क्रममा गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्‍वास जनाए।

भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन्।

Next Post

कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

२८ आश्विन २०७७, बुधबार १६:४१
काठमाडौं : कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको प्रस्ताव अघि सारेपछि विवाद चर्किएको थियो। यद्यपि, अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले हात झिकिसकेका छन्। जसले गर्दा विवाद केही […]