नयाँ प्रधानमन्त्री सुशीला कार्कीको शपथ आज राति ९ बजे

हिमशिखर सम्वाददाता काठमाण्डौ २७ भाद्र २०८२, शुक्रबार २०:१२

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रपति कार्यालयले आज राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउने तयारी गरेको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री नियुक्तिपछि कार्कीले मन्त्रिपरिषद्को काम अगाडि बढाउनेछिन्।

Next Post

जुम्ला कारागारबाट फरार ५ कैदी पक्राउ, २५ अझै फरार

२७ भाद्र २०८२, शुक्रबार २०:१२
जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये पाँच जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये सन्तोष सार्की, भक्तराज शाही,  पुन्न विक,  डम्बर नेपाली र सुरेन्द्र महत रहेका छन्।हिजो ११ जना कैदी पक्राउ परेका थिए प्रहरीका अनुसार बाँकी २५ जना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।