नेकपा एकमालेकाे ६१ सदस्यीय जिल्ला कमिटिमा ५८ जनाले समाजवादी पार्टी राेजेकाछन।
जुम्लाका नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजबादी पाटी बलियाे भएकाे नेकपा एकमालेकाे ६१ सदस्यीय जिल्ला कमिटिमा ५८ जनाले समाजवादी पार्टी रोजेकाछनल।
जुम्ला बजारमा आयाेजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ३जना बहेकका सिंगाे जिल्ला कमिटीले नै नेकपा एमाले छाेडी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिइएकाे हाे ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारको कारण आफुहरू बाध्य भएर नेकपा एकीकृत समाजवादी पार्टी राेजेकाे बताए
हाल सम्म प्रदेस सभा सदस्य पदम राेकाया र चन्दननाथ नगरपालिकाका वडामा निर्वाचित वडा अध्यक्ष हरूले निर्वाचन आयाेगमा सनाखत गरि एकीकृत समाजवादी पार्टी राेजेकाे र अन्य स्थानिय जनप्रतिनिधिहरूलाई आगामी भाद्र २२ गते सम्म सनाखत गर्न आह्वान गरिने भएकाे छ ।
त्यस्तै आगामी भाद्र २३ गते हुने एकीकृत समाजवादीको जिल्ला भेलामा उपस्थितकाे लागि आजकाे पत्रकार भेटघाट मार्फत अपिल गरिएकाे छ।