देउवा सरकारले गर्याे भुमिसम्बन्धी समस्या समाधान आयोग खारेज

हिमशिखर संवाददाता १९ श्रावण २०७८, मंगलवार २०:१५

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगको देशभरिकै संरचनाको बैठकले खारेज गरेको हो ।


ADVERTISEMENT

 

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो

Next Post

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनप्रति एमालेकाे आपत्ति

१९ श्रावण २०७८, मंगलवार २०:१५
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। मंगलबार सरकारले आयोग विघटन गर्ने निर्णय गरेको थियो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहिन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि […]

सम्बन्धित समाचार