गाउँका कुडा सुन्न र सुनाउन, लाम्रा संवाद

पुष्पा बिष्ट २६ कार्तिक २०७७, बुधबार ०८:४४

जुम्लाको तातोपानी गाउँपालिका -५ मा गाउँका कुडा सुन्ने, सुनाउने कार्यक्रम हुन भएकाे छ। साहित्य सम्मेलनकाे फर्म्याटमा हुन थालेकाे कार्यक्रमलाई ‘लाम्रा संवाद: गाउँका कुडा २०७७’ नामाकरण गरिएको छ।

लाम्रा गाउँ जुम्ला

विभिन्न कालखण्डदेखि गाउँमा रहेकाे बाहुन, क्षेत्री, दमाई, सार्की आदिको बसाेबास र सहिष्णुता, कृषि र पशुपालन, भाेट मधेश लगायतका नयाँ र पुराना अनुभवबारे उक्त कार्यक्रमले छलफल र बहस गर्नेछ।

गाउँका आफ्नै मौलिक चालचलन, रीतिरिवाज, रहनसहनकाे स्थिति के छ? शिक्षादिक्षा, बन्दव्यापार, राजनीति र सामाजिक क्षेत्रमा के कस्ताे उपलब्धि भयाे र आगामी दिनमा कसरी अघि बड्न सकिन्छ भन्ने विषयमा छलफल हुने संयाेजक धनप्रसाद चाैलागाइले जानकारी दिए।

‘गाउँको इतिहास, संस्कृति, परम्पराहरुको जानकारी र ज्ञान यथोचित तरिकाले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा समयक्रमसंगै ती बिर्सिएर तथा हराएर जान्छन्,’ उनले भने, ‘श्रुतिपरम्परामा निर्भर हामीमा अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण छैन। यस अभावलाई पूर्ति गर्न पुरानो र नयाँ पुस्ता बीच छलफल र बहस गर्ने तथा सो छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धति मार्फत अभिलेखीकरण गर्न आवश्यक भएर याे कार्यक्रम गर्न लागेका हाैं।’

हरेक क्षेत्रका स्थानीयकाे पहलले कला, संस्कृति र माैलिकतालाई जाेगाइराख्न सकिन्छ। तथापि लाम्रा संवाद पहिलाे प्रयास भएकाे आयाेजकले जनाएको छ।

नयाँ, पुराना अनुभव र फेरवदलबारे व्यापक छलफल हुने भएपनि वर्तमान कोभीड -१९ को अवस्थालाई मध्यनजर गर्दै समूहमा निश्चित मापदण्ड अपनाएर कार्तिक २८, २९ र ३० गते हरेक दिन बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म लाम्रा संवाद गाउँकै जिउलाेमा संचालन हुने चाैलागाईले थपे।

Next Post

निजि क्षेत्रकाे लगानीमा जुम्लामा बन्याे नमुना फुटसल

२६ कार्तिक २०७७, बुधबार ०८:४४
निजि क्षेत्रकाे लगानीमा जुम्लामा निर्माण भएकाे ९५ लाख लागतकाे फुटसलकाे बुधबार उद्धाटन गरिएकाे छ । चन्दननाथ नगरपालिका–५ कालेखोलीमा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितीमा फुटसल उद्घाटन गरिएको हो । चन्दननाथ नगरपालिका–५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको संयुक्त लगानीमा फुट्सल […]

सम्बन्धित समाचार