नेकपा एमाले केन्द्रीय सदस्य एंव जुम्ला जिल्ला कमिटी इन्चार्ज गाेर्ख बहादुर बाेगटीले बर्तमान सरकार प्रतिक्रियावादीकरूकाे गठजाेडकाे सरकार भएकाले जनताकाे भलाे नगर्ने बताएका छन ।
पार्टी कार्यक्रमकाे शिलसिलामा जुम्ला पुगेका नेता बाेगटीले देउवा नेतृत्वको सरकार गठन भएकाे केही दिनमै बालुवाटारकाे जग्गा काण्डमा आराेपित विजय कुमार गच्छदार र जिउदै मान्छेलाई इटा भट्टामा जलाउने अफ्ताफ आलमलाई छुटाउन याे सरकार लागिरहेकाे छ ।
केपि ले राम्राे काम गरेर देखाउछाै भनेर जनतामाझ भ्रम छर्ने काम बर्तमान सरकार र गठबन्धनले केपी वलि नेतृत्वको सरकारले गरेका कामलाई राेक्न खाेज्ने बजेट कार्यान्वयनमा अबराेध सृजना गर्ने र नयाँ बजेट पनि नल्याउनु तर पनि सरकार जनताकाे भलाइमा नभएकाे बताएका छन ।
सरकार गठन भएकाे लामाे समय सम्म मन्त्रीमण्डल विस्तार नहुनुले बर्तमान गठबन्धन पनि अपवित्र भएकाे प्रमाणित भैसकेकाले अपवित्र गठबन्धन र सरकारकाे गलत कार्यकाे बारेमा जनताहरूलाई बुझाउन पर्ने बताएका छन ।
एमाले मुलुककाे ठुलाे दल भएकाे र अपवित्र गठबन्धनका कारण सरकारमा नभएपनि जनताहरूकाे माझ लाेकप्रिय पाटी हुनुका नाताले हामिले याे सरकार र गठबन्धनबाट नेपाल र नेपालीकाे भलाे नहुने कुरा जनतालाई बुझाउनु आवश्यक रहेकाे बताएका छन ।
फरक प्रसंगमा बाेगटीले जनताको पक्षमा काम गरेको पार्टीलाई र सूर्य चिन्हलाई नेपाली जनताले छाेड्न नस्के भएकाले एमालेबाट चाेइटिएर बनेकाे नेकपा एस काे भविष्य नरहेकाे दावि समेत गरेकाछन ।