जुम्लामा ढुङ्गामा थिचिएर एक महिलाको मृत्यु

महेश चाैलागाँई ४ असार २०८०, सोमबार २०:२९

जुम्लामा ढुङ्गाले थिचिएर एक जना महिलाको मृत्यु भएको छ।

गुठिचौर गाउँपालिका- ४ की ४५ वर्षीय सत्यदेवी अधिकारीको ढुङ्गाले थिचिएर मृत्यु भएको हो।

उखाडी गाउँको सादनी सिँचाइ कुलो निर्माणको काम गरिरहेकै अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले बताए।

घाइते अवस्थामै उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा ल्याइएको थियो। उनको प्रतिष्ठानमा उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

Next Post

काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व

४ असार २०८०, सोमबार २०:२९
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार […]