ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सिफारिस

महेश चाैलागाँई ६ पुष २०८२, आईतवार १७:५०

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ ले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ।

राप्रपा क्षेत्रीय कार्यसमिति ललितपुर क्षेत्र नम्बर १ को कार्यसमितिको आजको बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ माननीय ज्ञानेन्द्र शाहीलाई ललितपुर जिल्लाबाट सिफारिस गरिएको हो।

क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही, परशुराम सिलवाल, रविन घिमिरेको नाम सिफारिस गरिएको हो। त्यस्तै समानुपातिक तर्फबाट विक्रम लामा,कौशल्या थापा,किशोर देसारको नाम सिफारिस भएको हो।

Next Post

जुम्लाको एक सुनचाँदी पसलमा चाेरी

६ पुष २०८२, आईतवार १७:५०
जुम्ला सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रोहन सुनचाँदी पसलमा अज्ञात समुहद्वारा तोडफोड भएको छ। गएराती जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालन हुँदै आएको रोहन सुनचाँदी पसलमा तोडफोड सहित गरगहना समेत चोरी भएको हो। सुनचाँदी पसलका सञ्चालक काले सुनारका अनुसार राती करिब दुईबजे तिर पसलको सटर र काउन्टर तोडिएको […]