पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा ३० जनाको ज्यान गयो

हिमशिखर सम्वाददाता काठमाण्डौ २१ श्रावण २०८०, आईतवार २१:२२

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानमा रेलमन्त्री साद रफिकले ३० जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

रेलमा झन्डै एक हजार जना यात्रु थिए । सरकारले नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरेको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरू निस्किरहेको देख्न सकिन्छ ।

रेलमन्त्री रफिकले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि शुरुमा उद्धारमा ध्यान दिइने बताउनुभएको छ । रेल कराचीबाट एबटाबादतर्फ गइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

Next Post

आगलागी पिडित रामेकाे परिवारलाई तातोपानी गाउँपालिका द्वारा राहत प्रदान

२१ श्रावण २०८०, आईतवार २१:२२
जुम्ला भेरीखाेलाकाे सुर्की गाउँका आगलागी पिडित राम बहादुर रावत (रामे) काे परिवारलाई तातोपानी गाउँपालिकाले राहत प्रदान गरेकाे छ। साउन २० गते राति ११ बजे घरमा आगलागी हुँदा लत्ताकपडा, साेलार, विजुली र अन्नपात जलेर खरानी भएपछि रामेकाे परिवार विस्तापित भएकाे थियाे। आज तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावल र तातोपानी ६ का […]