गिडिदह भ्रमण बर्ष २०८२ काे शुभारम्भ

नवराज नेपाली डोको ३ बैशाख २०८२, बुधबार २१:११

जुम्लाको तातोपानी गाउँपालिकाले गिडिदह भ्रमण बर्ष २०८२ काे शुभारम्भ गरेकाे छ तातोपानी गाउपालिका वडा ४ रहेकाे गिडिदहको प्रर्बद्धनका लागी गाउँपालिकाले ‘गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले गिडिदह भ्रमण बर्ष २०८२काे उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य देबेन्द्र बहादुर शाहीले गिडिदह मात्र नभई जिल्लाका सबै पर्यटन गन्तव्य प्रर्बद्दनमा जोड दिनु पर्ने बताए ।

उद्घाटन संगै भ्रमण वर्ष सफल पार्न तातोपानी गाउँपालिका वडा नं ४ मा आयोजित बहस कार्यक्रममा सहभागी सरोकारवालाले गिडिहलाई तातोपानीको मात्र नभई जिल्लाको समृद्धीको मेरुदण्डका रुपमा प्रर्बद्धन र विकास गर्नुपर्ने धारणा राखे।

न्युनतम पूर्वाधार बाटो,धर्मशाला,पदमार्ग,खानेपानी धारा लगायतका केही संरचना बनाइएको छ । थप ठुला पूर्वाधार बन्ने क्रममै छन् । तर गिडिदहमा पर्यटकको आर्कषण बढेपछि पर्यटन प्रर्बद्धन गर्न पालिकाले गिडिह भ्रमण वर्ष सुरु गरेको हो ।

Next Post

कालीकोटमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिए

३ बैशाख २०८२, बुधबार २१:११
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्। स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए। स्थानीय र प्रहरीले खोजी […]