युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण

हिमशिखर संवाददाता १९ असार २०७९, आईतवार ०८:३०

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन्।

पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

 घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए। त्यो भवन अहिले क्षतिग्रस्त भएको छ। स्थानीय समय अनुसार शुक्रबार राती १ बजे आक्रमण भएको हो। घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।

Next Post

ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रन्जु दर्शनाले गरिन स्वतन्त्र उम्मेदवारी घोषणा

१९ असार २०७९, आईतवार ०८:३०
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्।  दर्शनाले काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन्। दर्शना २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरको उम्मेदवार बनेकी थिइन्। ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको […]