तिला–३ मा अटो रिक्सामा आगलागी, मानवीय क्षति छैन

महेश चाैलागाँई ६ भाद्र २०८२, शुक्रबार ०९:४०

तिला गाउँपालिका–३ मा क १ घ ११ नम्बरको अटो रिक्सामा शुक्रबार  बिहान आगलागी भएको छ। आगलागीबाट अटोमा सामान्य क्षति पुगेको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्ला का प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी  का अनुसार अटो चलिरहेको अवस्थामा अचानक धुवाँ निस्किएपछि चालकले तुरुन्त अटो सडक किनारमा रोक्ने प्रयास गरेका थिए। समयमै रोकिएकाले ठूलो दुर्घटना हुन पाएन, उनले भने, यात्रीहरू सबै सकुशल छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार अटोको इन्जिनतर्फबाट आगो लागेको देखिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा केही मिनेटमै आगो नियन्त्रणमा लिन सफल भएका थिए।

प्रहरीले आगलागीको कारण प्राविधिक समस्या वा सर्टसर्किट हुनसक्ने अनुमान गरेको छ। विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

Next Post

“एक थोपा रगत, अनन्त आशीर्वाद” नारासहित १४ जनाले गरे रक्तदान

६ भाद्र २०८२, शुक्रबार ०९:४०
“एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नाराका साथ ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १४ जनाले रक्तदान गर्ने जनाइएको छ। रक्तदानलाई सेवा र मानवीय कर्तव्यसँग जोड्दै विश्वविद्यालयले नियमित रूपमा यस किसिमका कार्यक्रम गर्दै जाने ब्राम्हाकुमारी मिना रानाले बताइन्। उनकले कार्यक्रमका क्रममा राज्ययोगिनी दादी […]