साेमबार साझाको बाढीले जुम्लामा १३ वटा भेडा र १ घोडा मृत्यु

महेश चाैलागाँई १७ असार २०८२, मंगलवार १७:२३

जुम्लाको तातोपानी गाउँपालिका -८, राक्सेस्थित पाटनमा २०८२ असार १६ गते दिउँसो १५:०० बजे भारी वर्षातका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

उक्त घटनामा स्थानीय सर्पराज रावतसहित ९ जनाका करिब एक हजार भेडा र १३ घोडामध्ये ९१० सकुशल रहेको, १३ वटा भेडा र १ घोडा मृत्यु भएको पाइएको छ।

त्यस्तै ७७ भेडा र १२ घोडा बेपत्ता भएको तातोपानी -७ का वडा अध्यक्ष तिलक बहादुर रावतले बताए।

घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट ५-६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्छ।

थप अनुसन्धानका लागि २०८२ असार १७ गते बिहान ०६:३५ बजे प्रहरी सहायक हवल्दार गणेश बहादुर बलायरको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

टोलीले दिउँसो १३:४५ बजे पुगेर गरेको अनुसन्धान अनुसार तातोपानी-७ का सर्पराज रावतका २५० भेडामध्ये १८ बेपत्ता र १ मृत, हरीदत्त रावतका २५० भेडामध्ये १० बेपत्ता, लालसिंह रावतका १०० भेडामध्ये ९ बेपत्ता र १ मृत, टेक बहादुर रावतका २०० भेडामध्ये १६ बेपत्ता र १३ घोडामध्ये १२ बेपत्ता तथा १ मृत, अमर रावतका १०० भेडामध्ये १२ बेपत्ता र ११ मृत र लाल बहादुर रावतका १०० भेडामध्ये १२ बेपत्ता भएको पाइएको छ।

बेपत्ता भेडा र घोडाको खोजी कार्य जारी छ। यो घटनाले स्थानीय पशुपालकहरूलाई ठूलो आर्थिक नोक्सानी भएको छ।

Next Post

रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त

१७ असार २०८२, मंगलवार १७:२३
रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको पाइएको छ। टिकटकमा भाइरल भिडियोहरूमा सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी कार्य गरेको देखिएको नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीले बताए। यस्ता कार्य नेपालको प्रचलित कानुनअनुसार नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त […]

सम्बन्धित समाचार