‘ग्रेटर नेपाल’का अभियान्ता भनेर चिनिने फणिन्द्र नेपाल पक्राउ परेकाछन । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेकाे समयमा शान्ति सुरक्षामा खलल पुर्याउने देखिएपछि उनलाई पक्राउ गरेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ।
भारतीय विशिष्ट व्याक्तीहरूकाे हरेक औपचारिक भ्रमणमा उनले विरोध जनाउने गरेका छन्।
यस पटक पनि विरोध गर्ने सम्भावना देखिएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ। उनी यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।