माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

हिमशिखर संवाददाता ४ श्रावण २०८१, शनिबार ०६:४४

विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे थियाे।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ।

Next Post

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

४ श्रावण २०८१, शनिबार ०६:४४
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु […]