सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ १२ आश्विन २०८०, शुक्रबार १२:३५

सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो ।

भ्यानमा सवार अधिका‌श शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा छन् ।

यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० की गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Next Post

मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप

१२ आश्विन २०८०, शुक्रबार १२:३५
जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्। चन्दननाथ-५ का वडाध्यक्ष बिर्खबहादुर कार्की, ७ का वडाध्यक्ष गणेशबहादुर महत, ९ का वडाध्यक्ष भिमबहादुर रावत र १० वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त विज्ञप्ति निकालेर मेयर-उपमेयरले आफूखुशी बजेट वडामा पठाएको आरोप लगाएका […]

सम्बन्धित समाचार