मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप

महेश चाैलागाँई १२ आश्विन २०८०, शुक्रबार १३:१४

जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।

चन्दननाथ-५ का वडाध्यक्ष बिर्खबहादुर कार्की, ७ का वडाध्यक्ष गणेशबहादुर महत, ९ का वडाध्यक्ष भिमबहादुर रावत र १० वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त विज्ञप्ति निकालेर मेयर-उपमेयरले आफूखुशी बजेट वडामा पठाएको आरोप लगाएका हुन्।

वडाध्यक्षहरुले वडाको आवश्यकताको आधारमा नभई मेयर उपमेयरले आफूखुशी बजेट दिएको दुखेसो गरेका छन्।

उनीहरुले सबै बजेट पालिकामा राखेर वडामा जम्मा १६ लाखमात्र पठाउने निर्णय गरेको आरोप लगाएका छन्।

यता उपमेयर रामदेवी खड्काले केही वडा अध्यक्षहरुले नभएको आरोप लगाएको बताइन्। नगरको भवन भर्खरै निर्माणधिन रहेको हुँदा सोहि भवनका लागि लागि १ करोड बजेट राखिएको उनको भनाइ छ। १० वडामा ३३ लाख बजेट गएको पनि उनले बताइन्।

Next Post

अभिनेता अनमोल केसी पक्राउ

१२ आश्विन २०८०, शुक्रबार १३:१४
अभिनेता अनमोल केसी पक्राउ परेका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले शुक्रबार पक्राउ गरेको हाे। रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए। साेही आधारमा केसीलाई शुक्रबार साँझ साँगाबाट पक्राउ गरिएकाे हाे। चलचित्र ‘रावायण’ का लागि […]