प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य खराबीका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रथम दिक्षान्त समाराेह राेकिएकाे खुलेकाे छ । भदाै २३ गते हुने भनिएकाे प्रथम दिक्षान्त समाराेह अन्तिम समयमा प्रधानमन्त्रीले स्थगित गर्न लगाएका थिए । दिक्षान्त समाराेह स्थगितपछि चर्काे आलाेचना समेत भयाे । तर साेमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीकाे अस्वस्थताका कारण दिक्षान्त समाराेह स्थगित भएकाे जानकारी दिएकाे छ ।
प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले २२ गते राती प्रधानमन्त्री स्वयमले फाेन गरेर अस्वस्थताका कारण उपस्थिती हुन नसक्ने भनेपछि २३ गतेका लागि तयारी भएकाे दिक्षान्त राेकिएकाे बताए । चिकित्सककाे सल्लाहनुसार आराम गर्नु पर्ने भएकाेले दिक्षान्त राेक्नु पर्याे भनेपछि राेकिएकाे हाे । प्रधानमन्त्री आफैले ताेकेकाे मिति नुसार आगामी कार्तिक २८ गते प्रतिष्ठानकाे दिक्षान्त समाराेह हुने रजिष्टार महतले कर्णाली मिसनलाई जानकारी दिए ।