जुम्लाबाट सुर्खेत जाँदै गरेको फाेर्स गाडी दुर्घटना ८ जना घाइते

महेश चाैलागाँई २१ भाद्र २०८१, शनिबार १९:१४

कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिवार दिउँसो साढे २ बजेको समयमा कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर र ३ को अवस्था जना सामान्य रहेका छन् । १४ सवार गाडी अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा जुम्लाको सिंजा–३ का ५२ वर्षीय  धनमाने सार्की, वर्ष ६० का मनजिते सार्की वर्ष ६५ का जर्म सुनार, वर्ष ६४ का जोरे सार्की, वर्ष ५७ को परिदत्त शर्मा वर्ष ६४ की मनकन्या चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

यस्तै जुम्ला कनकासुन्दरी ६ बस्ने वर्ष ३९ का कर्ण भण्डारी, कालिकोटको तिलागुफाका वर्ष २९ का तिलप्रसाद न्यौपाने पनि घाइते भएको उनले बताए ।  घाइतेहरूको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

प्रधानमन्त्री नआउने,प्रतिष्ठानकाे दिक्षान्त समाराेह र शैक्षिक भवन उद्घाटन स्थगित

२१ भाद्र २०८१, शनिबार १९:१४
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलाे पटक आयाेजना गरेकाे दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । सबै तयारी पूरा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएपछि दिक्षान्त समाराेह तथा शैक्षिक भवन उद्घाटन लगायतका कार्यक्रम स्थगित भएकाे हाे । प्रतिष्ठानकाे रजिष्टारकाे कार्यालयले सूचना जारी गर्दै विशेष प्राविधिक कारण […]