एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित , उपाध्यक्षमा भुसाल पराजित

हिमशिखर संवाददाता १४ मंसिर २०७८, मंगलवार १९:३५

एमालेको दशौँ महाधिवेशनबाट केपी ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । ओलीले १८ सय ३७  मत ल्याएका छन् भने रावलको पक्षमा दुई सय २३ मत परेको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पराजित भएका छन्। ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा सातजनाबीच प्रतिस्पर्धा भएको थियो। पराजित भएका भुसालले सात सय २५ मत ल्याएकाे निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा कम मत ल्याएर भुसाल पराजित भएसँगै एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९ सय ७६, सुरेन्द्र पाण्डेले १९ सय २५, सुवासचन्द्र नेम्वाङले १८ सय ६५, विष्णु पौडेलले १८ सय ५६, युवराज ज्ञवालीले १८ सय ४२ र रामबहादुर थापा बादलले १७ सय ६८ मत ल्याएर निर्वाचित भएका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले अन्तिम मत परिणाम घोषणा गरेका हुन्।

Next Post

जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु २ जना घाइते

१४ मंसिर २०७८, मंगलवार १९:३५
जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला देखि नेपालगंजका लागि छुटेको ना ६ ख ४४३८ नम्वरको बस सिँजा गाउँपालिका २ स्थित घोडेङ्गामा दुर्घटना हुदा दैलेखका चालक नविन रावल र सहचाल कालिकोटका सहचालक विशाल बमको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र […]