रारामा म्याराथन प्रतियोगिता हुने

महेश चाैलागाँई १९ जेष्ठ २०८०, शुक्रबार ०९:२७

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो।

प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिएका हुन्।

सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन्। दुई हजार नौ सय ७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनले बताए।

प्रतियोगितामा पहिलो हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ।

Next Post

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

१९ जेष्ठ २०८०, शुक्रबार ०९:२७
बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ। उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा […]