जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरा गाउँमा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।
घाइते हुनेमा हिँमा ४ का १७ बर्षिया जमुना शाही, हिँमा ४ भ्यान चालक तथा भ्यान मालिका बिर्ख बहादुर शाही , हिँमा ४ की सिता रोकाया र उनकी ५ महिनाकाी छोरी प्रेमीका रोकाया हिमा १का १५ बर्षिया बिविक शाही ,रहेकाछन ।
कालिकोटको तिला गुफा नगरपालिका वडा नम्बर २ बस्ने ४८ वर्षका रन बहादुर बोहोरा साेही वडा निबासी बर्ष ३४ की बेलकृष्ण बोहोरा, सिँजा गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ बर्षका कर बहादुर नेपाली , सिँजा २ बस्ने बर्ष ३६ का जीवन प्रसाद तिवारी , जा ३का ४२ बर्षका मेघ बहादुर सार्कि , तिला गाउँपालिका वडा नम्बर ८ बस्ने धनमल बस्नेत , तिला १ बस्ने काउरे बुढा घाईते भएको सचुना अधिकारी चौधरीले बताएका छन् ।
अहिले घाईतेहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको बताएका छन् ।