कनकासुन्दरी गाउँपालिकाले माग्याे नीति,कार्यक्रम र बजेटका लागि सुझाव

के .बि अछुत ४ असार २०८१, मंगलवार २१:२२

जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेट तर्जुकाे लागि सुझाव संकलन माग गरेकाे छ । आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणकाे तयारीमा पालिका जुटे संगै सुझाव संकलन माग गरेकाे हाे ।

यसै तयारी लाई मध्यनजर गर्दै कनकासुन्दरी गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेटलाई प्रभावकारी र कार्यान्वयनमुखी बनाउन सुझाव मागेकाे हाे । मंगलबार सूचना जारी गर्दै कनकासुन्दरी गाउँपालिका बासीलाई आबश्यक रचनात्मक सल्लाह सुझाव दिन अपिल गरेकाे कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने बिषयहरुमा अमुल्य सुझावहरु दिन अनुराेध गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो, आगामी आर्थिक वर्षकाे लागि यस गाउँपालिकाकाे ईमेल ठेगानामा सुझाव पठाउन सूचना गरिएकाे बताउनुभएको छ । उहाँले भन्नुभयो,

पालिका स्थित विभिन्न संघ सस्था, शिक्षक, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, ब्यवसायी, समाजसेवी, पेशाकर्मी, जनप्रतिनिधी, कर्मचारी, संचारजगत, नागरिक समाज, जेष्ठ नागरिक, अपाङ्ग, दलित, महिला, बालबालिका, पिछडिएका वर्ग तथा आम नागरिकहरुबाट आबश्यक सुझाव दिन आग्रह गरिएकाे बताउनुभयो ।

बजेटलाई मध्यनजर गरि कार्यान्वयनमुखी नीति तथा कार्यक्रम बनाउने तयारी गरिएकाे कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रशाद आचार्यले बताउनुभयो । उहाँका अनुसार

उहाँका अनुसार धेरै महत्वकाँक्षी याेजना बनाएर कार्यान्वयन नगर्ने भन्दा पनि निश्चित नीति बनाउने तर पुर्ण कार्यान्वयन गर्ने पक्षमा हामी लागेकाे बताउनुभयो । उहाँले भन्नुभयो, सुझाव पालिकाकाे ईमेल info@kankasundarimun.gov.np अथवा पालिकाकाे पैसा नलग्ने टाेल फ्रि नम्बर १८१०५००००२८ मार्फत सूझाव दिनु हुन अनुरोध गरिएको बताउनुभयो ।
 

Next Post

किर्डाक नेपालकाे रजत जयन्तीको अबसरमा बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

४ असार २०८१, मंगलवार २१:२२
किर्डाक नेपालकाे रजत जयन्तीको अवसरमा चन्दननाथ नगरपालिकामा रहेकाे कर्णाली माध्यमिक बिद्यालयका बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ। किर्डाक नेपालकाे रजत जयन्तीको अबसर अन्र्तरगत कर्णाली माध्यमिक बिद्यालयका बहिरा बालबालिकालाई विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयाेजक दिपराज रावतले बताउनुभयो । उहाँका अनुसार पछाडी परेका र अल्पसंख्यक गरिब […]