पाकिस्तानको पेसावरस्थित एक धार्मिक विद्यालयमा आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ ।
पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दे बिबिसी विश्वसेवाले जनाएअनुसार उक्त धार्मिक विद्यालयमा कक्षा सञ्चालन भइरहेका वेला धमाका हुँदा उक्त हताहती भएको हो ।
विभिन्न उमेर समूहका विद्यार्थीको उक्त धमाकामा परी मृत्यु भएको छ । एक दर्जनभन्दा बढी घाइते भएको बिबिसीले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै जनाएको छ । घटनास्थल पाकिस्तानको पेसावर सहरको उत्तरी क्षेत्रमा पर्दछ ।
यस आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । घटनाबारे अनुसन्धान थालिएको पाकिस्तानी प्रहरीले जनाएको छ ।