शिखर इन्स्योरेन्समा कम्पनीले जुम्लाका बिमित हरुलाई एक बर्ष बिति सक्दा पनि अझै बिमा भुक्तानी दिएकाे छैन , भुक्तानी नपाएको भन्दै जुम्लाका कूषक हरुले गत ७ गते आन्दोलन पनि गरेका थिए। साेहि आन्दोलनमा जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासम्म बिमा गरेको रकम भुक्तानी नभएकोमा आक्रोश पोखेका थिए। स्याउ बिमा पहल समिति जुम्लाको आयोजनामा विरोध कार्यक्रम भएको थियाे ।
जुम्ला जिल्लाका ८ पालिकाका किसानहरूले स्याउ खेतीको शिखर इन्स्योरेन्समा बीमा गर्दै आएका छन् । शिखर इन्स्योरेन्सले मौसममा आधारित स्याउ बीमा गर्दै आएको छ । बीमा पोलिसी अनुसार मौसमका कारण खेतीमा क्षति भएका दाबी भुक्तानी गर्ने प्रावधान रहेको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका, पातरासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, सिंजा गाउँपालिका, कनका सुन्दरी गाउँपालिका, तिला गाउँपालिका र हिमा गाउँपालिका ५ हजार ३६९ कृषकले स्याउ खेतीको बीमा गरेको स्याउ बीमा पहल समिति समितिका उपसंयोजक महानन्द चौलागाईले बताए । उनका अनुसार कृषकहरूले १२ लाख १२ हजार ९६० वटा स्याउको बोटको बीमा गरिएको छ ।
कृषकले स्याउ खेतीको बीमा गर्दा प्रति बोट १८१ रुपैयाँ भुक्तानी गरेका छन् । बीमा शुल्कमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिएको छ । यसर्थ कृषिले प्रतिबोट ३६.२० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका छन् भने सरकारले प्रतिबोट १४४.८० रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनी र किसान बीचको सम्झौता अनुसार असिनाबाट स्याउ खेतीको क्षति भएमा प्रतिबोट ६०० रुपैयाँ भुक्तानी गरिने भनिएको छ भने सुख्खा खडेरीबाट क्षति भएमा प्रतिबोट दुई हजार २०० रुपैयाँ भुक्तानी गरिने भनिएको छ । तर, क्षति भएको एक वर्ष भन्दा बढी हुँदा पनि कम्पनीले भुक्तानी नगरेको कृषकहरूले गुनासो रहेकाे छ
उपसंयोजक चैलागाई हिमशिखर अनलाइन सङ सम्बाद गर्दै कृषकहरूले कम्पनीलाई बारम्बार ताकेता गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छ् भने विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटेर समस्या समाधानका लागि आग्रह पनि गरेका छन् । तर, रकम भुक्तानी नभएपछि कृषकहरू सडक आन्दोलनमा बाध्य भएर उत्रिनु परेको संयोजक चौलागाईंले बताए ।
यता शिखर इन्स्योरेन्स कम्पनीले अनुदानको रकम प्राप्त नभएको स्पष्टीकरण दिएको छ। किसानले गलत मनसायले बोट संख्या बढाएको दाबी गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा सात हजार पाँच सय चौहत्तर कृषकमध्ये छ हजार छ सय तेह्र कृषकको निरीक्षण गर्दा औसत करिब पच्चीस प्रतिशत बोट बढाइ बिमा गरेको देखिएको छ। हाल नौ सय चौनानब्बे कृषकको बोट संख्या विवरण एकिन गर्न नसकेको कम्पनीले बताएको छ।
जुम्लाका कृषकहरूले २०७१ साल देखि स्याउ खेतीको बीमा गर्न थालेका हुन् । कृषकहरूले सुरुवात देखि नै शिखर इन्स्योरेन्समा बीमा गर्दै आएका छन् । जुम्लामा वार्षिक ८० मेट्रिकटन भन्दा बढी स्याउ फल्छ । स्याउ विक्री गरेर नै जुम्लाका कृषकले वार्षिक ६० देखि ६५ करोड रुपैयाँ आम्दानी गर्छन् ।



