पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री प्रचण्ड

हिमशिखर संवाददाता २६ पुष २०७९, मंगलवार १४:०७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्याउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पुर्याउने बताएका छन्।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए। मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए। जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।

Next Post

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले भने- प्रतिबद्धता भुल्दिनँ

२६ पुष २०७९, मंगलवार १४:०७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने  बताएका छन्। २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन्। उनको विपक्षमा २ मत परेको छ। २७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका […]