प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन्। उनले २०७९ मंसिर ४ गते भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनम विभिन्न शिर्षकमा गरि १३ लाख तीन हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन्। निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचार प्रसार सामग्री, सवारी साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया, छापा तथा विद्युतीय माध्यम, कार्यालय संचालन र प्रतिनिधि परिचाल लगायतका खर्च सार्वजनिक गरेका हुन्।
उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित उनले इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए।
