सरकार फेरिँदैन ढुक्क हुनुहोस् :प्रधानमन्त्री

हिमशिखर संवाददाता १९ कार्तिक २०७७, बुधबार १५:२२

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा दिएमा देश बर्वादीतर्फ जाने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने दाबी गरेका छन्। आफु रहरले नभई नागरिकको आवश्यकता र सर्मथनका कारण आएको ले आफुले राजीनाम नदिने बताउदै प्रधानमन्त्री ओली ले अहिले सरकार फेरिन्छ कि भन्ने चर्चा चलिरहेको छ। ढुक्क हुनुहोस् सरकार फेरिँदैन।

आफ्नो लागि नभइ देशको लागि आफुले राजीनामा दिनु नहुने भन्द्र प्रधानमन्त्री ओलीले बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसकेछ राजीनामा दिन पस्यो भनेर, तर मैले राजीनामा दिए भने देश बर्वादीतर्फ जान्छ त्यसैले आफु राजीनामा पक्षमा नभएको बताए ।

देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेले सरकारको आलोचना गरिरहेका उनले दाबी गरेका छन्। अहिले जतिले सरकारको आलोचना गरिरहेका छन्। उनीहरु देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरु हुन्, उनीहरुलाई त्यस्तै आदत छ,उनले भने, बाहिर के तयारी भइरहेको छ भन्ने कुरा होइन। त्यसबारेमा मलाई थाहा छैन। बाहिरी हल्ला हल्लामै सीमित हुन्छन्, हुने वाला केही छैन।

Next Post

तिर्खाएको गाँउको कथा , १ सय ६० घरकाे लागि ४ वटा धारा

१९ कार्तिक २०७७, बुधबार १५:२२
स्थानीय सरकारकाे पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पुऱ्याउने लक्ष्य थियो तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौं। पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौं।’ :नवराज न्यौपाने अध्यक्ष तातोपानी गाउँपालिका    कार्तिक १० गते दसैंकाे दिन टिकाकाे साइत आउनै लाग्दा ताताेपानी […]