संसद विघटन प्रस्ताव विरुद्ध नेकपा जुम्लाले प्रदर्शन गर्दै
नेपाल कम्यूष्टि पार्टी जुम्लाका जनवर्गीय संगठनहरुले प्रधानमन्त्रीले संसद विघटनकाेे विराेेेेधमा प्रदर्शन गर्ने भएका छन्।
अाइतवार तीन बजे जुम्लाको सदरमुकाम खलंगामा विरोध प्रदर्शन गर्ने र कृष्णमन्दिरमा विराेध सभा गर्ने पार्टी निकट स्राेतले बताएको छ।
जुम्लाको सदरमुकाम खलंगामा उपलब्ध नेता तथा कार्यकर्ताले सदन विघटनका बारेमा छलफलगर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको नेकपा कर्णाली प्रदेश सदस्य पूर्वप्रसाद धितालले बताए।
‘देशैभरी आन्दोलनमा उत्रिन सबै नेता, कार्यकर्ता, युवा, नागरिक समाजका अगुवालाई अपील गरिएको छ,’ उनले भने।
संसद विघटनकाे प्रस्ताव विरुद्ध नेकपाकै कार्यकर्ताहरु अाक्राेसित बनेका छन्।
यसैबीच पूर्व राज्यमन्त्री गाेमा कुवरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दल सम्बद्ध जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन जानकारी दिदै संसद विघटनको प्रस्ताव असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश एवं संविधानमाथिको ‘कु’ भएकोले जानकारी दिएकी छन्।