संसद विघटन विरुद्ध जुम्लामा प्रदर्शन (भिडियो सहित)

स्थाई कमिटीकाे बैठककाे निर्णय अनुसार थप कदम अगाडि बढाइने

रबि नेपाली ५ पुष २०७७, आईतवार १७:११

नेपाल कम्यूष्टि पार्टी जुम्लाकाे आयाेजनामा प्रधानमन्त्रीले आेलीकाे कदमकाे विरोधमा प्रदर्शन गरेकाे हाे ।
आइतवार जुम्लाको सदरमुकाम खलंगामा रहेकाे पुर्व माआेवादीकाे कार्यलय करेसाबारी बाट शुरूभएकाे बिराेध जुलुस कृष्णमन्दिरमा पुगेर सभामा परिणत भएकाे थियाे ।
सभामा बाेल्दै नेकपा कणाली प्रदेश कमिटी सदस्य नवराज न्याैपाने बिमुख ले आगामि निर्वाचनमा फेरीपनि नेकपा नै पहिलाे पार्टी हुने निश्चित भएकाे आम नेकपा समर्थकहरूलाई नआत्तिन अनुराेध गरेकाछन।

त्यस्तै नेकपा जुम्लाका सचिवालय सदस्य आदि प्रसाद न्याैपानेले पाटीकाे स्थाई कमिटि बैठककाे निर्णय अनुसार थप बिराेधका कार्यक्रम अगाडि बढाउने बताएका छन ।

 

Next Post

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

५ पुष २०७७, आईतवार १७:११
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।