नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिबारे प्रश्न उठाएका छन्। बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिको पछिल्लो गतिविधिले सोच्न बाध्य भएको बताएका हुन्।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन्। राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्वप्रमुखहरूलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो। के गर्न खोजेकी छन् राष्ट्रपतिले। भोलि कतै अनिष्ट त हुने होइन। प्रश्न जन्माएको छ।’
राष्ट्रपतिको भूमिकाबारे बिहान बालुवाटारमा गठबन्धनको बैठकमा पनि छलफल भएको बताए।
उनले भने, ‘हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ। प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ।’