एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

हिमशिखर संवाददाता १० भाद्र २०७९, शुक्रबार ०८:५१

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए ।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र । समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

Next Post

प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा नजाने

१० भाद्र २०७९, शुक्रबार ०८:५१
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा र संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका नजाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा ४ असोजदेखि उच्च नेताहरूको सम्बोधन हुने कार्यक्रम छ । यसअघि असार अन्तिम सातालाई तय भएको अमेरिकाको औपचारिक भ्रमण हुन नसकेपछि दुई देशबीच कूटनीतिक संयन्त्रमा प्रधानमन्त्रीको भ्रमणको गृहकार्य भइरहेको थियो । तर, प्रधानमन्त्री […]

सम्बन्धित समाचार