प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा नजाने

हिमशिखर संवाददाता ११ भाद्र २०७९, शनिबार ०७:१८

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा र संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका नजाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा ४ असोजदेखि उच्च नेताहरूको सम्बोधन हुने कार्यक्रम छ ।

यसअघि असार अन्तिम सातालाई तय भएको अमेरिकाको औपचारिक भ्रमण हुन नसकेपछि दुई देशबीच कूटनीतिक संयन्त्रमा प्रधानमन्त्रीको भ्रमणको गृहकार्य भइरहेको थियो । तर, प्रधानमन्त्री देउवाले अब राष्ट्रसंघको महासभामा नजाने निर्णय लिएका छन् ।

‘आसन्न निर्वाचनमा व्यस्त हुनुपर्ने अवस्थालाई ध्यान राख्दै संयुक्त राष्ट्रसंघीय महासभामा पनि प्रधानमन्त्री सहभागी नहुने र त्यसअघि वा पछिका लागि गृहकार्य गरिएको औपचारिक भ्रमणमा पनि नजाने निर्णय सुनाउनुभएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ‘४ मंसिरको निर्वाचनभन्दा अगाडि प्रधानमन्त्रीको विदेश भ्रमण अब हुँदैन ।’

Next Post

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने एमालेकाे निर्णय

११ भाद्र २०७९, शनिबार ०७:१८
नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्माओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सार्ने भएको छ । केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत […]

सम्बन्धित समाचार