नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला-जिल्लामा नेकपा कार्यकर्ता अहिले आफ्नो समूहका लागि पार्टी कार्यालय कब्जा गर्ने हाेडमा छन् । ७७ मध्ये तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीकाे भागमा ३३ जिल्लाकाे नेतृत्व परेकाे थियो ।
अहिले पार्टी विभाजन हुँदा प्रदेश १ का १४ जिल्लाका अध्यक्षमध्ये छ जना ओली समूहमा र आठ जना प्रचण्ड-माधव समूहमा खुलेका छन् । यस्तै, प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लामा ओली पक्षका अध्यक्ष छन् भने पाँच जिल्लामा प्रचण्ड-माधव समूहका अध्यक्ष छन् ।
यस्तै, बाग्मती प्रदेश मा १३ जिल्लामध्ये पाँच जना ओली पक्षका अध्यक्ष छन् भने आठ जिल्लामा प्रचण्ड-माधव समूहका अध्यक्ष छन् । यता, गण्डकी प्रदेशका ११ जिल्लामध्ये छ जना ओली पक्षका अध्यक्ष छन् भने पाँच जिल्लामा प्रचण्ड-माधव समूहका अध्यक्ष छन् ।
यस्तै, लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये पाँच जना ओली पक्षमा खुलेका छन् भने सात जना प्रचण्ड-माधव पक्षमा खुलेका छन् । यता, कर्णाली प्रदेशमा १० मध्ये एक जना ओली पक्षमा लागेका छन् भने नौ जना प्रचण्ड-माधव पक्षमा लागेका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशका नौ जिल्ला अध्यक्षमध्ये तीन जना ओलीतर्फ खुलेका छन् भने ६ जना प्रचण्ड-माधव समूहमा खुलेका छन् ।
प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी- प्रचण्ड-माधव समूह
पाँचथर : राजकुमार भण्डारी- ओली समूह
इलाम : राम राना – प्रचण्ड-माधव समूह
संखुवासभा : हेमराज घिमिरे – प्रचण्ड-माधव समूह
तेह्रथुम : लक्ष्मण तिवारी- प्रचण्ड-माधव समूह
धनकुटा : राजेन्द्र राई –ओली समूह
भोजपुर : प्रेमकुमार राई- ओली समूह
खोटाङ : देवान चाम्लिङ- प्रचण्ड-माधव समूह
सोलुखुम्बु : मानवीर राई -ओली समूह
ओखलढुङ्गा : मोहन कुमार खड्का – प्रचण्ड-माधव समूह
उदयपुर :विनोद कटुवाल दिनेश- प्रचण्ड-माधव समूह
झापा : चिन्तन पाठ – ओली समूह
मोरङ : विनोद ढकाल-ओली समूह
सुनसरी : रामकुमारी चौधरी- प्रचण्ड-माधव समूह
प्रदेश- २
सप्तरी : अशोक मण्डल – ओली समूह
सिराहा : रामकुमार यादव- प्रचण्ड-माधव समूह
धनुषा : राजकिशोर यादव – ओली समूह
महोतरी : राजू खड्का – ओली समूह
सर्लाही : रेबती पन्त – प्रचण्ड-माधव समूह
रौतहट :कमल यादव – प्रचण्ड-माधव समूह
बारा : छत्रबहादुर श्रेष्ठ – प्रचण्डमाधव समूह
पर्सा : प्रभु हजारा- ओली समूह
बागमती प्रदेश
चितवन : यमबहादुर परियार – प्रचण्ड-माधव समूह
मकवानपुर : मुनु सिग्देल – प्रचण्ड-माधव समूह
धादिङ : भूमि त्रिपाठी – ओली समूह
नुवाकोट : हिरानाथ खतिवडा – प्रचण्ड- माधव समूह
रसुवा : कन्र्याल तामाङ, प्रचण्ड – माधव समूह
सिन्धुपाल्चोक : झम्क नेपाल – प्रचण्ड -माधव समूह
दोलखा : ईश्वरचन्द्र पोख्रेल – ओली समूह
रामेछाप : मदनकुमार तामाङ – प्रचण्ड-माधव समूह
सिन्धुली : राजन दाहाल – प्रचण्ड- माधव समूह
काभ्रेपालञ्चोक : रुकु चौलागाई – प्रचण्ड – माधव समूह
भक्तपुर : बचनबहादुर देउजा – ओली समूह
ललितपुर : हरिकृष्ण व्यञ्जनकार – ओली समूह
काठमाडौं : कृष्ण राई – प्रचण्ड नेपाल समूह
गण्डकी प्रदेश
कास्की : कृष्ण थापा – ओली समूह
तनहुँ : केदार सिग्देल – ओली समूह
लमजुङ:मधु अधिकारी – प्रचण्ड-माधव समूह
गोरखा :लेखबहादुर थापा – प्रचण्ड-माधव समूह
म्याग्दी :गोविन्द पौडेल – प्रचण्ड-माधव समूह
मुस्ताङ : चन्द्रमोहन गौचन- ओली समूह
मनाङ : पाल्तेन छोयान गुरुङ – ओली समूह
बाग्लुङ : ईन्द्रलाल सापकोटा- प्रचण्ड-माधव समूह
पर्वत : पदम गिरी – ओली समूह
स्याङ्जा : सूर्यप्रसाद गैरे – प्रचण्ड- माधव समूह
नवलपरासी (पूर्व) : रोशन गाहा – ओली समूह
लुम्बिनी प्रदेश
रोल्पा : सुरेन्द्र घर्ती, प्रचण्ड-माधव समूह
रुकुम: (पूर्व) मेघबहादुर श्रेष्ठ, प्रचण्ड-माधव समूह
प्यूठान : तुलसीराम शर्मा, प्रचण्ड- माधव समूह
अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह
गुल्मी : मधुकृष्ण पन्त, ओली समूह
पाल्पा : नारायण आचार्य, ओली समूह
नवलपरासी : (पश्चिम) भविश्वर तिवारी, प्रचण्ड-माधव समूह
रुपन्देही : शिवराज सुवेदी,ओली समूह
कपिलवस्तु : झविलाल पोख्रेल,ओली समूह
दाङ : टीकाराम खड्का, प्रचण्ड- माधव समूह
बाँके : आईपी खरेल, प्रचण्ड-माधव समूह
बर्दिया : भवनकुमार थारु, प्रचण्ड- माधव समूह
कर्णाली प्रदेश
सुर्खेत : ध्रुव शाही-प्रचण्ड-नेपाल समूह
दैलेख : रविन्द्र शर्मा, प्रचण्ड-माधव समूह
जाजरकोट : ढकवीर राना, प्रचण्ड-माधव समूह
रुकुम (पश्चिम) : गोपाल शर्मा, प्रचण्ड-माधव समूह
सल्यान : गोविन्द पुन, ओली समूह
जुम्ला : वीरबहादुर कुँवर, प्रचण्ड-माधव समूह
कालिकोट : धनजीत शाही, प्रचण्ड-माधव समूह
हुम्ला : लालकेश जैसी, प्रचण्ड-माधव समूह
डोल्पा : दत्तबहादुर रोकाया, प्रचण्ड-माधव समूह
मुगु : सुरवीर बुढा, प्रचण्ड-माधव समूह
सुदूरपश्चिम प्रदेश
दार्चुला : गणेशसिंह खत्री, प्रचण्ड-माधव समूह
बैतडी : सुरेन्द्र पाल, ओली समूह
डडेल्धुरा : मानसिंह माल, प्रचण्ड-माधव समूह
बाजुरा : कालुबहादुर शाही, प्रचण्ड-माधव समूह
बझाङ : मीनबहादुर कुँवर, प्रचण्ड-माधव समूह
अछाम : शेरबहादुर कुँवर, प्रचण्ड- माधव समूह
डोटी : चक्रबहादुर मल्ल, प्रचण्ड- माधव समूह
कैलाली : रतन थापा, ओली समूह
कञ्चनपुर : वीरबहादुर थापा, ओली समूह