
स्वास्थ्य क्षेत्र सुधारका निम्ति लामो समयदेखि संघर्ष गर्दै सत्याग्रह सुरु गरेका डा.गोविन्द केसीले सत्याग्रह स्थलमै विरामी जाँच्न थालेका छन ।
जुम्ला चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मष्टोको थान (मन्दिर )परिसरबाट सत्याग्रह घोषणा गरेका उनले बिरामी जाँच गरेका छन्।
डा। केसीले बाबिरा मष्टोको थानमा सत्याग्रह सुरु गरेका थाहाँ पाएपछि स्थानीयबासी त्यही पुगेर आफ्नो स्वास्थ्य समस्या दर्शाउन थालेका छन्। यसैबीच मंगलबार जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरबाट दिनभरि हिडेर डा।केसी सँग छोरीको उपचार गराउन थिले आगमु लामा अनसन स्थलमै पुगिन्।
जिल्लामा ठूलो डाक्टर आएका छन् भन्ने सुनेकोले छोरी लिएर आएकी लामाले छोरीको खुट्टा जन्मदै बाँङ्गो भएको र डाक्टर साबलाई देखाएपछि राम्रो सल्लाह दिनुभएको बतएकी छन ।
उनी दुई वर्षीया छोरी पेमा लामालाई बोकेर अस्पताल पुगेकि थिइन। अस्पतालमा उनले डा।केसीलाई खोज्दा अनसन बसेका छन् भन्ने सुनेपछि अनसन स्थलमै पुगेकी हुन्।
डा। केसीले जन्मजात समस्या भएकाले अनसन सकिएपछि शल्यक्रिया गर्ने बचन दिएका छन्।
डा।केसी जुम्ला पुगेकै दिन देखि बिरामीको उपचार गर्दै हिडेका छन्। हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपूर्ण छ भन्ने कुरा प्रष्ट पारेको डा।केसीले बताए।
दुई वर्ष अगाडि जुम्लामा शुरु भएको सत्याग्रह सरकारसँग सम्झौता भएपछि टुंगिएको थियो उक्त सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनका विभिन्न बुदामा सुधार गर्नुपर्नेमा सरकारले मेडिकल माफियालाई पोस्ने गरी जवजस्ती उक्त ऐन जारी गरेकाले फेरि पनि सत्याग्रह गर्नु परेको डा।केसीले बताए।
भोकै बसेर पनि नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् भने उनका समर्थकले माग पुरा गर्न सरकारलाई जस्तोसुकै दवाब दिन तयार भएको बताएका छन्।
नेपालीहरुले निःशुल्क स्वास्थ्य शिक्षा तथा सेवा पाउनुपर्ने तथा केपी शर्मा ओली सरकारको लुटतन्त्र र तानाशाहीतन्त्र विरुद्ध आफूले सत्याग्रह सुरु गर्नु परेको उनको भनाइ छ
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं। २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।