पोखरामा भएकाे यति एयरलाइन्सको जहाज दुर्घटनामा २५ जनाभन्दा बढीकाे शव भेटिएको छ।
काठमाडौँबाट आइतबार बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो।
जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। दुर्घटनामा २५ जना भन्दा बढीकाे शव फेला परेकाे बताइएकाे छ।
दुर्घटनाग्रस्त जहाजबाट अन्य शवहरू निकाल्न प्रयास भइरहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। उनका अनुसार कोही जिवित भेटिने हुने सम्भावना छैन।
जहाज सेती नदीको खोँचमा दुर्घटना भएको हाे।