प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

संसदीय दलको नेतामा भीम आचार्यलाई प्रस्ताव

हिमशिखर संवाददाता १२ पुष २०७७, आईतवार १३:४६

मोरङ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

आइतबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका  सांसदहरूले मुख्यमन्त्री पदबाट र संसदीय दलको नेताबाट राईलाई हटाउने प्रस्ताव दर्ता गराएका हुन् ।

साथै प्रस्तावमा राईलाई हटाएर मुख्यमन्त्री र संसदीय दलको नेतामा भीम आचार्यलाई प्रस्ताव  गरेका छन् ।

प्रचण्ड–नेपाल नेकपा समूहका सांसदहरू इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक बनेर नेकपाका ३७ जना सांसदले प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशमा दुवै समूहका नेकपाका ६७ जना सांसद रहेका छन् । जसमध्ये ३७ जनाले अविश्वास प्रतावमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले आज आइतबार बिहान १०ः४७ मा प्रस्ताव दर्ता गराएका हुन्  ।

Next Post

जुम्लाकाे एक विद्यालयमा आगलागी हुदाँ तीन कोठे भवन जलेर नष्ट

१२ पुष २०७७, आईतवार १३:४६
जुम्ला: तातोपानी गाउँपालिका २ जर्मी गाउँ स्थित भवानी आधारभुत विद्यालयमा आगलागी हुदाँ तीन कोठे भवन जलेर नष्ट भएको छ । सोमबार बिहान विद्यालयमा एक्कासी आगलागी भएको हो । बन्द रहेको विद्यालयमा आगलागी के कती कारणले भयो भन्ने कारण पत्ता लागेको छैन । स्थानीय समाजसेवी धनबहादुर बुढाका अनुसार आगो स्थानीयवासी र […]

सम्बन्धित समाचार